देशभर मौसम: चक्रवात ‘दित्वा’को आंशिक प्रभाव जारी

देशभर मौसम: चक्रवात ‘दित्वा’को आंशिक प्रभाव जारी

लोक आवाज,
काठमाडौँ मंसिर १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव रहेको छ। यसको असर उच्च पहाडी तथा हिमाली भू–भागका साथै कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको रूपमा देखिएको छ।

महाशाखाले जनाएको छ कि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने अनुमान छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। राति पनि यी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले जारी गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार