चुनाव तयारी: देशभर 168 नयाँ मतदान स्थल थपिँदा

चुनाव तयारी: देशभर 168 नयाँ मतदान स्थल थपिँदा

लोक आवाज,
काठमाडौँ मंसिर १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले १६८ नयाँ मतदान स्थल थप गरेको छ। आयोगको बैठकले देशभरका ९३ प्रयोगविहीन मतदान स्थल खारेज गरी नयाँ स्थलसमेत थप्ने निर्णय गरेको हो। यससँगै अब देशभर कुल १० हजार ९६७ मतदान स्थल कायम भएका छन्।

चुनावका लागि आवश्यक सामग्री तयारीबारे पनि आयोगले थप निर्णय गरेको छ। अघिल्लो निर्वाचनका अवसरमा खरिद भई मौज्दात रहेको ९० हजार मतपेटिका यसपटक पनि प्रयोग गर्ने र आवश्यकता अनुसार थप ४५ हजार नयाँ मतपेटिका खरिद गर्ने निर्णय आयोगले जनाएको छ। यस्तै, मतपत्र छपाइका लागि कागज व्यवस्थापनबारे आयोगले अघिल्लो पटक खरिद गरी भण्डारणमा रहेको कागज नै उपयोग गर्ने तयारी गरेको छ। आयोगका अनुसार मतपत्र छपाइका लागि ३०० मेट्रिक टन कागज आवश्यक परे पनि अहिले भण्डारणमा ५६६ मेट्रिक टन कागज मौज्दात छ, जसले आगामी निर्वाचनका लागि पर्याप्त सपोर्ट गर्नेछ।

आयोगले चुनाव तयारी तीव्र बनाउँदै आवश्यक प्राविधिक र व्यवस्थापकीय कामहरू पनि अघि बढाएको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार