उपेन्द्र यादव: “युवाको आन्दोलनले नै सत्ता नेतृत्वमा पुर्‍याउँछ”

उपेन्द्र यादव: “युवाको आन्दोलनले नै सत्ता नेतृत्वमा पुर्‍याउँछ”

लोक आवाज,
जनकपुरधाम मंसिर १५ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनमा अग्रपंक्तिमा रहने युवाहरू अब सत्ताको नेतृत्व गर्न सक्षम भइसकेको बताएका छन्। जनकपुरधाममा समाजवादी युवा संघ मधेश प्रदेशद्वारा आयोजित ‘युवा नेतृत्व तथा सशक्तिकरण सम्मेलन’लाई सम्बोधन गर्दै उनले परिवर्तनका सबै चरणमा युवाहरूले देखाएको भूमिका ऐतिहासिक रहेको उल्लेख गरे।

अध्यक्ष यादवका अनुसार युवाको सक्रियता बिना कुनै आन्दोलन सफल हुन नसक्ने स्पष्ट छ। उनले युवालाई उमेरले मात्र होइन, सोच र दृष्टिकोणले पनि परिभाषित गर्नुपर्ने धारणा राख्दै अग्रगामी र क्रान्तिकारी चिन्तन बोकेकाहरू नै वास्तविक युवा हुने बताए।आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जसपाले यो सम्मेलनमार्फत युवा कार्यकर्ताहरूलाई प्रशिक्षित गरिरहेको अध्यक्ष यादवले जानकारी दिए। संघर्ष, आन्दोलन र निर्वाचन—तीनै दिशामा युवा शक्ति नै निर्णायक हुने उनले जोड दिए।

सम्बोधनका क्रममा यादवले युवा पुस्ताले अब परिवर्तनको नेतृत्व मात्रै होइन, सरकार सञ्चालनमै पनि हातेमालो गर्न सक्ने अवस्था आएको टिप्पणी गरे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार