बालेन शाहका पिता निधन, मेयर शोकाकुल

बालेन शाहका पिता निधन, मेयर शोकाकुल

लोक आवाज,
काठमाडौँ मंसिर १५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पितृशोकमा परेका छन्। उनका पिता राम नारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। आइतबार बिहान बेहोस अवस्थामै अस्पताल पुर्‍याइएका शाह वरिष्ठ चिकित्सकहरूको उपचारमा रहे पनि बचाइँनन्।

परिवारका अनुसार राम नारायण शाह एक हप्तादेखि बिरामी थिए। चिकित्सकहरूले उनलाई मधुमेहसम्बन्धी समस्या र मूत्र संक्रमण हुनेछाँही उपचार गराइरहेका थिए। संक्रमण शरीरभर फैलिन थालेपछि अवस्था जटिल बनेको hospital स्रोतले जनाएको छ। बाबुको स्वास्थ्य अवस्था बुझ्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन्। उनले भेन्टिलेटरमा रहेका शाहसहित अन्य बिरामीहरूलाई समेत भेटेर स्वास्थ्यबारे जानकारी लिएकी थिइन्।

शाह परिवारमा परेको यो दुःखप्रति विभिन्न संघ–संस्था र व्यक्तिहरूले समवेदना व्यक्त गरिरहेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार