घरमै महिलाको शंकास्पद मृत्यु, जनकपुर प्रहरी सतर्क

घरमै महिलाको शंकास्पद मृत्यु, जनकपुर प्रहरी सतर्क

लोक आवाज,
जनकपुरधाम मंसिर १५ । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित एक घरमा २७ वर्षीया रोशनी झा शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरी अनुसन्धान सुरु भएको छ। रोशनीको बिहिबार राति मृत्यु भएपछि उनका पति प्रशान्त मिश्रलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ अगाडि बढाएको छ।

घरपरिवारले रोशनीले फँसरी लगाएर आत्महत्या गरेको दाबी गरे पनि रोशनीका माइती पक्षले उनी हत्या हुनु भएको आरोप लगाएका छन्। मृतकको घाँटीमा डामजस्तो चिन्ह देखिएको र घटनास्थलमा केही प्रमाण नष्ट गरिएको शक समेत परिवारले जाहेर गरेको छ। धनुषाको नगराइन–२ जटहीकी रोशनी झा चार वर्ष अगाडि सामाजिक परम्परा अनुसार प्रशान्त मिश्रसँग विवाहबन्धनमा बाधिएकी थिइन्। प्रशान्त मिश्र मधेश प्रदेशको नीति तथा योजना आयोगमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।

रोशनीका मामा प्रदीप चौधरीले घटनालाई स्पष्ट हत्या भएको दाबी गर्दै सत्य तथ्य बाहिर ल्याई दोषीमाथि कडी कारबाही गर्न माग गरेका छन्। मृत्युको सही कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार