प्रभु बैंकका सीईओ अशोक शेरचन कर्जा अपचलन मुद्दामा पक्राउ

प्रभु बैंकका सीईओ अशोक शेरचन कर्जा अपचलन मुद्दामा पक्राउ

लोक आवाज ,

काठमाडौँ ,१४ मंसिर ।  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीले कर्जा अपचलन प्रकरणमा पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले आइतबार शेरचनलाई बैंकको केन्द्रीय कार्यालय, बिजुलीबजारबाट नियन्त्रणमा लिएको हो।

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार शेरचनलाई प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रालिलाई प्रदान गरिएको करिब १ अर्ब रुपैयाँको कर्जा प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ गरिएको हो। यसअघि सोही मुद्दामा संलग्नता रहेको आरोपमा बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन पनि पक्राउ परेका थिए।

गत कात्तिक २२ गते सिआइबीले बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर कर्जा अपचलनसम्बन्धी विभिन्न कागजातहरु नियन्त्रणमा लिएको थियो। प्रभु बैंककी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगीबारे दिएको जाहेरीका आधारमा कात्तिक ११ गतेभट्टचनलाई पक्राउ गरिएको थियो।

सिआइबीले संकलन गरेका कागजात र प्राथमिक अनुसन्धानका आधारमा शेरचन र भट्टचन दुवैजनालाई कर्जा अपचलन तथा ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार