लोक आवाज,
एजेन्सी मंसिर १४ । श्रीलंकामा चक्रवात ‘दिट्वाक’ का कारण आएको भीषण बाढी र भूस्खलनमा अहिलेसम्म १५९ जनाको मृत्यु पुष्टि भएको छ। विपद् व्यवस्थापन केन्द्रका अनुसार देशभर खोज तथा उद्धार काज तीव्र पारिएको छ, तर २०० भन्दा बढी व्यक्तिहरू अझै बेपत्ता रहेका छन्।
चक्रवातका कारण २ लाख १७ हजार २ सय ६५ परिवारका ७ लाख ७४ हजार ७२४ जनासम्म प्रभावित भएका छन्। प्रभावित मध्ये २७ हजार ४९४ परिवारका १ लाख ८ सयभन्दा बढी व्यक्ति केन्द्रहरूमा आश्रय लिएका छन्। सरकारले उद्धार तथा राहत कार्य अझ सुदृढ बनाउँदै सैनिक बल परिचालन गरेको छ। हेलिकोप्टर प्रयोग गरेर बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्धार भइरहेको छ। अत्यधिक वर्षा, बाढी र भूस्खलनका कारण सबै नागरिकलाई सतर्क रहन श्रीलंकाली अधिकारीहरूले आग्रह गरेका छन्।




प्रतिक्रिया !