लोक आवाज,
काठमाडौँ मंसिर १४ । देशभर कुनै उल्लेखनीय मौसमीय प्रणाली सक्रिय नभएकाले आज अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली देखिए पनि बाँकी भागमा खुला मौसम रहने जनाएको छ ।
यस्तै, साँझ र राततर्फ देशका अधिकांश क्षेत्रमा आंशिक बदली हुने सम्भावना महाशाखाले उल्लेख गरेको छ ।




प्रतिक्रिया !