लोक आवाज,
बझाङ मंसिर १४ । बझाङको सैपाल आसपास केन्द्रविन्दु बनेर आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो १२:०९ बजे सैपाल हिमाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो। यस्तै भूकम्पको कम्पन बाजुरामा पनि महसुस गरिएको जनाइएको छ। हालसम्म जनधनको क्षतिको विवरण प्राप्त भएको छैन।




प्रतिक्रिया !