लोक आवाज,
काठमाडौँ मंसिर १४ । प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफूले सदैव सम्मान राख्दै आएको स्पष्ट गर्दै शान्ति, सद्भाव र सहिष्णुतामा अडिग रहन सबैलाई आह्वान गरेकी छन्। लैङ्गिक हिंसा विरुद्धका १६ दिने अभियानको शुभारम्भका क्रममा व्यक्त गरिएको अभिव्यक्ति विभिन्न रूपमा व्याख्या गरिएको भन्दै प्रधानमन्त्रीको सचिवालयले कुनै पनि धर्म वा समुदायलाई चोट पुर्याउने उद्देश्य नरहेको स्पष्टीकरण दिएको छ।
मंसिर ९ गते आयोजित कार्यक्रममा प्रधानमन्त्रीले मुस्लिम समुदायका व्यवहार र महिलासम्बन्धी प्रचलनबारे गरेको टिप्पणीप्रति आलोचना बढेपछि सचिवालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको मन्तव्यको आशय लैङ्गिक समानता र महिलाको हक–अधिकारप्रति चिन्ता मात्र रहेको प्रष्ट पारिएको छ।




प्रतिक्रिया !