प्रचण्ड: जनतामा जाने हाम्रो सङ्कल्प दृढ छ

प्रचण्ड: जनतामा जाने हाम्रो सङ्कल्प दृढ छ

लोक आवाज,
काठमाडौँ मंसिर १३ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी सच्याउँदै पार्टीलाई जनताको चाहनाअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले १५ विभिन्न कम्युनिस्ट घटक र समूहहरू मिलेर बनेको नेकपा केवल चुनाव जित्न नभई राष्ट्र र जनताको रक्षा गर्ने ऐतिहासिक सङ्कल्प भएको दाबी गरे। उनले विगतमा राष्ट्र र जनताको पक्षमा काम गर्ने प्रयास भए पनि अपेक्षित परिणाम नआएको स्वीकार्दै, कमजोरी र त्रुटि समीक्षा गर्दै आएको जानकारी दिए। प्रचण्डले यो एकता सभालाई ‘आत्मालोचना सभा’ र ‘सङ्कल्प सभा’ भनेका छन् र विगतका त्रुटि दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

युवा पुस्ताको पछिल्लो आन्दोलनले नेतृत्वलाई गम्भीर रूपमा झकझक्याएको बताउँदै उनले भनाए, “जेन–जी आन्दोलन वा नयाँ युवा आन्दोलनले हामी सबैलाई चुनौती दिएको छ, जसले हामीलाई अझ गम्भीर आत्मसमीक्षा र आफूलाई सुधार्न प्रेरित गरेको छ।” प्रचण्डले युवा र जनताको भावना अनुसार पार्टी परिवर्तन हुनु अनिवार्य रहेको समेत बताए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार