लोक आवाज,
काठमाडौँ मंसिर १३ । आम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको राजनीतिक संकटको एक मात्र निकास भनेको निर्वाचन भएको बताएका छन्। शनिबार भक्तपुरको राधेराधेमा आयोजित आजपाको भक्तपुर निर्वाचन क्षेत्र नं। २ स्तरीय भेलालाई सम्बोधन गर्दै साहले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने जोड दिएका छन्।
साहले प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई महासंकटमा पुर्याएको आरोप लगाउँदै, जेन–जी आन्दोलनको मर्म र भावनालाई दमन गरेको बताए। उनका अनुसार जेन–जी विद्रोहले भ्रष्टाचारीलाई कारबाही गर्ने र व्यवस्थाको अन्त्य गर्ने प्रयास गरेको थियो, तर वर्तमान सरकारले माग पूरा गर्न सकेको छैन। साहले भदौ २३–२४ गते जेन–जी आन्दोलनमा सरकार र नेताहरूको भूमिका विश्लेषण गर्नुपर्ने र आन्दोलनका युवाहरूको बलमा भएको जनविद्रोहको अपहरण भएको बताएका छन्। साथै गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामा प्रश्न उठाउँदै, आयोगको निष्क्रियता र दोषीसँग बयान लिन नसक्नु सरकारको असफलता भएको आरोप पनि लगाएका छन्।
उनले सुशीला सरकारलाई शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दै फागुन २१ को निर्वाचन सफल बनाउन सबै तागत केन्द्रित गर्न सुझाव दिएका छन्। भेलामा आजपा क्षेत्रीय अध्यक्ष नरेश खड्गीको अध्यक्षतामा ५१ सदस्यीय भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं। २ को क्षेत्रीय कमिटी गठन गरिएको छ। उपाध्यक्षमा दिनेश साह, कुन्ती थापामगर, मनोज यादवस सचिवमा कोशिला कुमारीस सहसचिवमा निर्मला मगर, उषा शर्मास कोषाध्यक्षमा सुभी धिमाल रहेका छन्। भेलामा सहअध्यक्ष तिलक थापामगर र संगठन विभाग प्रमुख त्रिभुवन साह समेत उपस्थित थिए।




प्रतिक्रिया !