श्रीलंकामा भारी वर्षा र बाढीले १२३ को मृत्यु, १३० बेपत्ता

श्रीलंकामा भारी वर्षा र बाढीले १२३ को मृत्यु, १३० बेपत्ता

लोक आवाज
एजेन्सी मङ्सिर १३ । श्रीलंकामा देशभर परेको भीषण वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १२३ पुगेको छ भने १३० जना अझै बेपत्ता रहेका छन्। विपद् व्यवस्थापन केन्द्रका अनुसार प्रभावित ४३ हजार ९९५ जनालाई राहत केन्द्रमा सारिएको छ। भारी वर्षा सोमबारदेखि सुरु भएको र बुधबार मुख्य क्षेत्रमा थप तीव्र वर्षा भएको बताइएको छ।

शुक्रबार दिउँसो केलानी नदीको तटबन्ध भाँचिएपछि धेरै बासिन्दालाई आपतकालीन रूपमा अस्थायी शिविरमा सारिएको हो। यद्यपि देशका कतिपय स्थानमा वर्षा कम भएको छ, उत्तरका केही क्षेत्रमा अझै पानी पर्ने क्रम जारी छ। भारतले पीडितका लागि आवश्यक राहत सामग्री पठाइसकेको छ। उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन श्रीलंकन सरकारले सेना परिचालन गरेको छ। हेलिकोप्टर र डुंगा प्रयोग गरी बाढीग्रस्त बासिन्दाको उद्धार कार्य निरन्तर चलिरहेको अधिकारीहरूले जनाएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार