लोक आवाज,
काठमाडौँ मङ्सिर १३ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जानकारी दिएको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखा परिरहेको जबकि अन्य अधिकांश भूभागमा मौसम सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी प्रदेशमा मौसम मुख्यतया सफै रहनेछ। यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।




प्रतिक्रिया !