लोक आवाज,
काठमाडौँ मङ्सिर १३ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो माग पूरा नभएसम्म देशमा कुनै पनि प्रकारको चुनाव हुन नदिने चेतावनी दिएका छन्। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको ‘नियत सफा नभए’ फागुन २१ गते वा त्यसअघि चर्चा भइरहेको निर्वाचन वा राजनीतिक निकास सम्भव नहुने दाबी गरे।
प्रसाईंका अनुसार आगामी मंसिर २२ गते प्रधानमन्त्रीसँग वार्ताको मिति तय भएको छ। तर उक्त वार्ताबाट समाधान ननिस्के आफूहरू पुनः आन्दोलनमा फर्किने स्पष्ट चेतावनी दिए। फागुन २१ लाई समयसीमा मानेर सो दिनसम्म राजनीतिक घटनाक्रम कस्तो हुनसक्छ भन्ने प्रश्नमा प्रसाईंले सरकारको इच्छामाथि सबै निर्भर रहने बताए। “फागुन २१ गते सरकार चाहत त चुनाव हयात, नहि चाहत त चुनाव नहि हयात,” उनले भने। आवश्यकता परे जनमत संग्रहको विकल्प समेत अघि सार्न सकिने उनको भनाइ छ।




प्रतिक्रिया !