अनिल कुमार झाद्वारा सद्भावना पार्टी पुनर्गठन, आगामी चुनावमा सहभागिताको घोषणा

अनिल कुमार झाद्वारा सद्भावना पार्टी पुनर्गठन, आगामी चुनावमा सहभागिताको घोषणा

लोक आवाज,
काठमाडौँ मङ्सिर १३ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल त्यागी अनिल कुमार झाले नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नै पार्टी सहभागी हुने घोषणा गरेका छन्। शनिबार उनले दल चुनावमा उत्रिने औपचारिक जानकारी दिँदै अब संगठन विस्तार र चुनाव तयारीमा सक्रिय रहेको बताए।

झाका अनुसार पार्टी कुनै दलसँग एकता वा एउटै चुनाव चिन्हमा जाने पक्षमा छैन। तर आवश्यकता परे क्षेत्रगत चुनावी तालमेल हुन सक्ने संकेत दिएका छन्। उनले मधेसका मुद्दा र एजेन्डामा २०४० सालदेखि काम गर्दै आएको आफ्नो दलले आफ्ना मूल विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट वक्तव्य दिए। तालमेल, गठबन्धन वा मोर्चाबन्दी पनि मधेसका हितमा काम गर्ने दलसँग मात्र सम्भव हुने उनको भनाइ छ। पाँच प्रदेश र २५ जिल्लामा संगठन निर्माण भइसकेको र चाँडै औपचारिक घोषणा गर्ने तयारी भइरहेको झाले जानकारी दिए। यसअघि नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो रहेका थिए। तर पार्टीका बहुमत सदस्यहरूले झालाई नयाँ अध्यक्षका रूपमा चयन गरेको उल्लेख गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार