लोक आवाज,
काठमाडौँ मङ्सिर १२ । आज सुनचाँदीको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य २२ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५० हजार ६ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर ३ हजार ३ सय ४५ रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ। बजारमा यो मूल्य वृद्धिले लगानीकर्ता र ग्राहक दुवैमा हलचल सिर्जना गरेको छ।




प्रतिक्रिया !