लोक आवाज,
काठमाडौँ मङ्सिर १२ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न नेपाली सेनालाई स्पष्ट निर्देशन दिएकी छिन्। सेनाको मुख्यालय जंगी अड्डा निरीक्षण भ्रमणको क्रममा उनले एक थोपा पनि रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी काम गर्न निर्देशन दिएकी हुन्।
भ्रमणको क्रममा नेपाली सेनाले सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजना बारे ब्रिफिङ प्रस्तुत गरेको थियो। साथै, निर्वाचन सुरक्षामा सेना परिचालनको रणनीति र ढाँचा पनि देखाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले गठित सरकारको राष्ट्रिय अभिभारा निर्वाचनमा शान्ति–सुरक्षा कायम राख्नु रहेको बताए। उनले स्वतन्त्र, निष्पक्ष र भय रहित वातावरणमा चुनाव सम्पन्न गराउने नेपाली सेनाको जिम्मेवारी सफलतापूर्वक पूरा हुने विश्वास व्यक्त गरिन्।उनले जनतालाई सुरक्षा प्रत्याभूति दिने, प्रहरी कारबाहीलाई सहज बनाउने र सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण सिर्जना गर्ने स्पष्ट कार्ययोजना सहित अघि बढ्न निर्देशन दिएकी छिन्।




प्रतिक्रिया !