लोक आवाज,
काठमाडौँ मङ्सिर १२ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेश प्रदेशकी गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले विशेष भेटवार्ता गरेकी छन्। भेटमा प्रदेशको समग्र शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा प्रदेश–सङ्घीय सुरक्षा समन्वय मजबुत बनाउने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री अर्यालले मधेश प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए र संघ–प्रदेश बीच सहकार्य अझ बलियो बनाइने विश्वास दिलाए। उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गरे। यसैबीच, प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयन प्रक्रियामा शीघ्रता दिने आश्वासन पनि उनले दिएका छन्। यो भेटवार्ताले संघ–प्रदेश बीच सुरक्षा र प्रशासनिक समन्वयलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !