लोक आवाज,
पर्सा मङ्सिर १२ । पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारत, बिहार मोतिहारीका ५३ वर्षीय सुरेन्द्र साहलाई सूचनाका आधारमा शुक्रबार बिहान ९ बजे वीरगञ्ज महानगरपालिका–१६, रजत जयन्ती चोकबाट नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा साहको मोटरसाइकलको वायाँ एयर फिल्टर भित्र रकम लुकाइ राखिएको देखियो। प्रहरीले १००० दरका ७०० थान र ५०० दरका ६०० थान गरी कूल १० लाख रुपैयाँ बरामद गरेको छ। प्रहरीले जनाएको छ कि बरामद रकम हुन्डी मार्फत ल्याइएको भएको आशंका छ। मोटरसाइकलसहित पक्राउ परेका साहमाथि थप अनुसन्धान जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले आगामी अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जानकारी दिए।




प्रतिक्रिया !