बारामा पानी उद्योगका व्यवस्थापक घाँटी रेटेर हत्या गरिएकाे अवस्थाेमा भेटिए

बारामा पानी उद्योगका व्यवस्थापक घाँटी रेटेर हत्या गरिएकाे अवस्थाेमा भेटिए

लोक आवाज,
बारा मङ्सिर १२ । बाराको पर्सौनीस्थित एक पानी उद्योगमा कार्यरत व्यवस्थापक राम नरेश सिंह मृत फेला परेका छन्। घाँटी रेटिएको अवस्थामा शव भेटिनुले यो घटनालाई प्रहरीले गम्भीर अपराधका रूपमा लिएको छ।

पर्सौनी गाउँपालिका–६ भलुहीमा रहेको किरण वेभ रेज नेपाल प्रालिमा काम गर्दै आएका सर्लाही धनकौलका ४२ वर्षीय सिंहको शव वीरगञ्ज–कलैया सडकखण्ड नजिकैको खोल्सामा शुक्रबार विहान स्थानीयले देखेका हुन्। तत्कालै सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजय राज पण्डितले बताए।  डिएसपी पण्डितका अनुसार शवको प्रकृति हेर्दा सिंहको हत्या बिहीबार राति नै भएको अनुमान गरिएको छ। शव भेटिएको ठाउँ उद्योग नजिकै भएकाले उद्योगभित्रै हत्या गरेर बाहिर फ्याँकिएको हुनसक्ने प्रहरीको प्राथमिक अनुमान छ।

घटनास्थलमा प्रारम्भिक अनुसन्धानसँगै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कलैया लगिएको प्रहरीले जनाएको छ।
“भर्खरै पोष्टमार्टमका लागि ल्याइएका छौँ, हत्याका कारण र अभियुक्तबारे अनुसन्धान तीव्र रूपमा भइरहेको छ,” डिएसपी पण्डितले जानकारी दिए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार