लोक आवाज ,
जनकपुरधाम, ११ मंसिर । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवादमा दायर तीनवटा रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सबै रिटको एकैसाथ सुनुवाइ भइरहेको छ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलका हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि सो नियुक्ति असंवैधानिक भनेर तीनवटा रिट दायर भएका थिए।
रक्की प्रसाद साहसहित दुई जना, अर्जुन शाह तथा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले दायर गरेको रिटमा आज सुनुवाइ अघि बढाइएको हो।
यसअघिको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै १६८(३) बमोजिम नियुक्त मुख्यमन्त्रीलाई दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न निर्देश दिएको थियो।
रिटमा मधेस प्रदेशमा संविधानको धारा १६८(२) अनुसार सरकार गठनको सम्भावना रहँदा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक रहेको तर्क गरिएको छ।




प्रतिक्रिया !