लोक आवाज ,
जनकपुरधाम , ११ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित यात्रामा रहेका सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सबाट १४४ रनको साधारण लक्ष्य पाएका छन्।
टस हारेर पहिले ब्याटिङ उतरेको लुम्बिनी ‘डेथ ओभर’मा लगातार विकेट गुमाउँदा १९.४ ओभरमै १४३ रनमा समेटियो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउँदै पारी थाम्ने प्रयास गरे। दिलिप नाथले ३१ रन, ड्’यार्सी सर्ट र सुमित महर्जनले समान १८–१८ रन जोडे। त्यस्तै गुल्बादिन नाइबले ११ रन थपे।
तर सुरुवाती शीर्ष ५ ब्याटरले मात्र दोहोरो अंकको स्कोर बनाएका लुम्बिनीले अन्तिम चरणमा पूर्णरूपमा धराशायी भयो। अन्तिम ३९ रन जोड्ने क्रममा ८ विकेट गुमाएको लुम्बिनीले अन्तिम ५ ओभरमा पूर्ण ‘कोल्याप्स’ झेलेको थियो।
सुदूरपश्चिमका बलरले उत्कृष्ट प्रदर्शन गरे। अभिनास बोहरा र हर्मित सिंहले समान ३–३ विकेट लिए भने हेमन्त धामीले २ र स्कट कुग्लिङले १ विकेट लिए।




प्रतिक्रिया !