जसपा–नेपाल आन्दोलनमा उत्रने, कार्यक्रम घोषणा

जसपा–नेपाल आन्दोलनमा उत्रने, कार्यक्रम घोषणा

लोक आवाज,
जनकपुरधाम मंसिर ६ । जनता समाजवादी पार्टी जसपा नेपालले आगामी निर्वाचन तयारीसँगै संघर्षका कार्यक्रमहरू पनि समानान्तर रूपमा अघि बढाउने घोषणा गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

उनका अनुसार मंसिर १० गते सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ। मंसिर ११ देखि १५ गते देशभरका संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरोध प्रदर्शन, कोणसभा र जनपरिचालन कार्यक्रम सञ्चालन हुनेछन्। त्यसपछि मंसिर १९ देखि २१ गते जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइनेछ। मंसिर २७ देखि पुस ४ सम्म जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिने छ।

जसपाले प्रदेशस्तरीय कार्यक्रम पनि सार्वजनिक गरेको छ। तय गरिएको तालिका अनुसार……

पुस १२ . विराटनगर

पुस १४. जनकपुर

पुस १५. वीरगञ्ज

पुस १७. नेपालगञ्ज

पुस १८. भैरहवा

बस्नेतका अनुसार माग र मुद्दाहरू प्रति सरकारले देखाएको उदासिनताका कारण सडक संघर्षमा उत्रनुपर्ने अवस्था सिर्जना भएको हो। पार्टीले आवश्यक परे थप विरोध कार्यक्रम सम्बन्धित जिल्ला वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न सक्ने जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार