भियतनाममा भीषण बाढी, मृतक संख्या ५५

भियतनाममा भीषण बाढी, मृतक संख्या ५५

लोक आवाज,
एजेन्सी मंसिर ६ । भियतनामको मध्य क्षेत्रमा लगातार परेको भारी वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ। १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप तथा डाइक व्यवस्थापन प्राधिकरणले शनिबार जानकारी दिएको छ।

बाढीका कारण ८० हजार हेक्टर धान तथा अन्य बाली डुबानमा परेका छन्। साथै ३.२ मिलियनभन्दा बढी कुखुरा र गाईवस्तु बगाएर मृत भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको प्रतिवेदनअनुसार २८ हजार ४०० भन्दा बढी घर डुबानमा, साथै ९४६ घर क्षतिग्रस्त भएका छन्। आर्थिक क्षतिमात्रै पनि करिब नौ ट्रिलियन भियतनामी डोङ (झण्डै ३५८ मिलियन अमेरिकी डलर) पुगेको अनुमान गरिन्छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार