युवा संघको नयाँ अध्यक्ष मनिष

युवा संघको नयाँ अध्यक्ष मनिष

लोक आवाज,
जनकपुरधाम मंसिर ६ । जनता समाजवादी पार्टी जसपा नेपाल निकट भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन गरिएको छ। पार्टीको दुईदिने केन्द्रीय कार्यकारिणी समितिको बैठकले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय तदर्थ समिति चयन गरेको हो।

समितिमा रेणुराज सिंह, चिरञ्जीवी यादव र रविन पाख्रिन उपाध्यक्ष बनेका छन्। त्यस्तै महासचिवमा दीपेन्द्र कापडी तथा सचिवहरूमा सौरभ शर्मा, कमल नेम्वाङ, शिवराज बेघा, राजु यादव र विनय यादव चयन भएका छन्। शत्रुधन यादवलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ। समाजवादी युवा संघका इन्चार्ज विक्की यादवका अनुसार नवगठित समितिका ११ पदाधिकारीसहित सबै सदस्यहरूलाई मंसिर १५ गते काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा शपथ ग्रहण गराइनेछ।

तदर्थ समितिले छ महिनाभित्र वडादेखि केन्द्रसम्म संगठन निर्माण गरी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको इन्चार्ज यादवले बताए। नवनिर्वाचित अध्यक्ष मनिष यादवका अनुसार युवा संघले संगठन विस्तार, मजबुतीकरण र संघीय चुनाव केन्द्रित कार्ययोजना छिट्टै सार्वजनिक गर्नेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार