लोक आवाज ,
काठमाडौँ , ०४ मङ्सिर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नयाँबानेश्वरमा बिहीबार मसाल जुलुस आयोजना गरेको छ। वर्तमान अन्तरिम सरकारको विरोधस्वरूप निकालिएको उक्त जुलुसबारे अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले सरकारको गतिविधि संविधानविपरीत रहेको आरोप लगाए। उनका अनुसार एमालेका नेता–कार्यकर्तामाथि योजनाबद्ध रूपमा प्रतिबन्ध लगाइएको र पूर्वघोषित कार्यक्रममा सहभागी हुन नदिन विभिन्न षड्यन्त्र गरिएको छ।
अध्यक्ष धामीले वर्तमान सरकारलाई ‘असंवैधानिक’ भन्दै संवैधानिक निकायहरूमा हस्तक्षेप गरेर अराजकता फैलाएको टिप्पणी गरे।
संविधानले परिकल्पना गरेको दलीय व्यवस्थामाथि सरकार नै प्रहार गरिरहेको आरोप लगाएको अनेरास्ववियुले यस्ता गतिविधि रोकिएन भने आन्दोलनका कार्यक्रमहरू अझ सशक्त रूपमा अघि बढाइने चेतावनी दिएको छ।






प्रतिक्रिया !