लोक आवाज ,
काठमाडौँ , ३० कार्तिक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र नेता रमेश लेखकलाई गिरफ्तार गर्नु नै सुशासन ठानिरहेको आरोप लगाएका छन्। आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँग भेटघाट गर्दै उनले आफ्नो गिरफ्तारीको कल्पनामा सरकार डुबेको दाबी गरे।
ओलीका अनुसार सरकार जेन–जी आन्दोलनलाई संगठित गर्दै कृत्रिम दबाब सिर्जना गर्ने प्रयासमा लागेको छ। उनले जेन–जीहरुको मागपत्र कसले लेखिदियो, कसले पढायो र कसको निर्देशनमा प्रधानमन्त्रीलाई बुझाइयो भन्ने सम्पूर्ण प्रक्रियामा सरकारले भूमिका खेलेको दाबी गरे।
‘जेनजीलाई संगठित पार्नु, उनीहरूका मागपत्र लेखिदिनु, मागपत्र पढाउनु, उनीहरूका हातमा कागज थमाइदिनु र त्यसलाई डेलिगेशनका नाममा मञ्चमा देखाएर सरकारमाथि दबाब आएको नाटक गर्नु—यही नै अहिलेको शासन शैली बनेको छ,’ ओलीले भने।
सरकारले ‘बिना पैसाको नाटक’ गर्दै असंवैधानिक तरिकाले आफू र लेखकलाई समातेर थुन्ने योजनालाई सुशासनको नाममा सार्वजनिक रूपमा प्रस्तुत गरिनु सरकारको कमजोरीको प्रमाण भएको उनको भनाइ थियो।




प्रतिक्रिया !