लोक आवाज ,
जनकपुरधाम , २८ कार्तिक। धनुषामा एक जनप्रतिनिधिको गोली प्रहारबाट मृत्यु भएको छ। मिथिलाबिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवलाई शुक्रबार साँझ करिब ६ बजे अन्दुपट्टि अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
स्थानीयका अनुसार गोली प्रहार गर्ने व्यक्ति सोही क्षेत्रको भएको बताइए पनि उसको नाम भने खुलाइएको छैन। गम्भीर घाइते भएका वडाध्यक्ष यादवको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
उनीसँगै रहेका एक दियादलाई पनि गोली लागेको जनाइएको छ। घाइते व्यक्ति सोही अस्पतालमा उपचाररत छन्।
स्थानीय तहको पछिल्लो निर्वाचनमा विन्देश्वर यादव स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए। घटना सम्बन्धी थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया !