लोक आवाज ,
जनकपुरधाम, २७ कात्तिक । पूर्व गृहमन्त्री भारत प्रसाद साहले ७ दलीय गठबन्धनद्वारा सञ्चालन गरिने आन्दोलन कार्यक्रम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
गठबन्धनमा सहभागी दलहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।
सार्वजनिक कार्यक्रमअनुसार २०८२ साल कात्तिक २७ गतेदेखि ३० गतेसम्म बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म जनकपुरमा शान्तिपूर्ण धारणा तथा प्रदर्शन कार्यक्रम सञ्चालन गरिनेछ। त्यसैगरी, कात्तिक २९ गते साँझ मसाल जुलुस सहित बिरोध प्रदर्शन गरिनेछन ।
गठबन्धनका अनुसार प्रत्येक जिल्लामा पनि ७ दलका इन्चार्ज वा अध्यक्षहरूबीच समन्वय गरी आफ्ना जिल्लामा शान्तिपूर्ण ढंगले धारणा तथा प्रदर्शन कार्यक्रम सञ्चालन गरिनेछ।
पूर्व मन्त्री साहले उक्त कार्यक्रमलाई सफल पार्न सबै दलका कार्यकर्तालाई सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।




प्रतिक्रिया !