मधेश प्रदेशको नयाँ प्रमुखमा सुरेन्द्र लाभ कर्ण सिफारिस

मधेश प्रदेशको नयाँ प्रमुखमा सुरेन्द्र लाभ कर्ण सिफारिस

लोक आवाज,
जनकपुरधाम कार्तिक २४ । सरकारले मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस गरेको छ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्को सिफारिसपछि अब राष्ट्रपति रामचन्द्र पौडेलले कर्णलाई नयाँ मधेश प्रदेश प्रमुखमा नियुक्त गर्ने तयारी भएको बताइएको छ। भण्डारीले हालै संविधानको मर्मविपरीत रूपमा होटलमा बसेर मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहण गराएको आरोप लागेको थियो। सो घटनापछि उनको पदमुक्तिको प्रक्रिया अघि बढाइएको हो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार