चार वर्षपछि रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ पुनः एमालेमा फर्किए

चार वर्षपछि रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ पुनः एमालेमा फर्किए

लोक आवाज ,
काठमाडौँ , २४ कार्तिक । चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) सहितका नेता पुनः नेकपा (एमाले) मा फर्किएका छन् । झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा (एकीकृत समाजवादी) तिर लागेका थिए ।

गत कात्तिक १९ गते एकीकृत समाजवादी, माओवादी केन्द्रलगायतका पार्टीबीच एकता भएको थियो । त्यसको केही दिनमै झाँक्री र श्रेष्ठले पुरानो पार्टीमा पुनः फर्कने निर्णय गरेका हुन् ।

सोमबार एमालेले काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

कार्यक्रमका क्रममा अध्यक्ष ओलीले झाँक्री र श्रेष्ठलाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ प्रदान गरे भने उनीहरूले प्रतीकात्मक रूपमा ‘कलम’ चिन्ह अध्यक्ष ओलीलाई प्रदान गरे ।

सोही अवसरमा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ र केशव सापकोटालगायतका नेताहरुलाई पनि अध्यक्ष ओलीले एमालेमा स्वागत गरेका थिए ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार