लोक आवाज ,
काठमाडौँ , २१ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सबै योग्य नागरिकलाई मतदाता परिचयपत्र बनाउन आग्रह गरेकी छन्।
शुक्रबार साँझ भिडियो सन्देशमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई प्रमुख साधन विवेक र मतदान भएको उल्लेख गरिन्।
उनले विवेकपूर्वक सही प्रतिनिधि चयन गरी निर्वाचनमा सहभागिता जनाउन र चाहनेले आफैं पनि प्रतिनिधि बन्न प्रेरित गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचयपत्र बनाऔँ।”
उनका अनुसार समृद्ध र यथार्थपरक नेपाल निर्माणको पहिलो कदम नै मतदाता परिचयपत्र बनाउने अभियान हो।




प्रतिक्रिया !