धनुषाधाम नगरपालिकाद्वारा वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

धनुषाधाम नगरपालिकाद्वारा वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

लोक आवाज ,

जनकपुरधाम , २० कार्तिक । धनुषाको धनुषाधाम नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा गम्भीर बिरामी परेका श्रमिकका सन्तानलाई लक्षित गरी ‘वैदेशिक रोजगारी सन्तती छात्रवृत्ति सहायता’का लागि आवेदन आह्वान गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुनिल कुमार पासवानले जारी गरेको सूचनामा नगरभित्रका सम्बन्धित विद्यार्थीहरूलाई कार्तिक मसान्तभित्र आवेदन दिन आग्रह गरिएको छ।

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको कार्तिक ३ गतेको सूचनाअनुसार, वैदेशिक रोजगारीमा संलग्न रहँदा निधन भएका, गम्भीर दुर्घटनामा परेका वा अस्वस्थ बनेका व्यक्तिका परिवारका विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउन आवेदन माग गरिएको हो।

नगरपालिकाका अनुसार, नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका छात्र–छात्राहरू लक्षित छन्। योग्य विद्यार्थीहरूले आवश्यक प्रमाणपत्रसहित २०८२ मंसिर ७ गतेभित्र रोजगार सेवा केन्द्र, धनुषाधाम नगरपालिकामा निवेदन पेस गर्न सक्नेछन्।

आवेदनका लागि आवश्यक पर्ने कागजातहरूमा कामदारको रहनसहन प्रमाणपत्र, विद्यालय सिफारिस, नागरिकता वा जन्मदर्ता, विद्यालयको बैंक खाता विवरण, मृत्यु वा अंगभंग/गम्भीर बिरामी प्रमाणपत्र, निवेदक र कामदारबीचको नाता प्रमाणपत्र तथा सम्बन्धित वैदेशिक रोजगार कार्यालय वा कम्पनीबाट प्राप्त प्रमाणपत्रहरू समावेश गर्नुपर्नेछ।

थप जानकारीका लागि रोजगार संयोजक अनिल कुमार यादवसँग ९८५२८०५७६३ नम्बरमा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार