जनकपुरधाममा भू–माफिया र गुठी संस्थानको मिलेमतोमा भएको जग्गा कब्जाविरुद्ध पतंजली योग केन्द्रद्वारा विरोध प्रदर्शन

जनकपुरधाममा भू–माफिया र गुठी संस्थानको मिलेमतोमा भएको जग्गा कब्जाविरुद्ध पतंजली योग केन्द्रद्वारा विरोध प्रदर्शन

सुनिल साह ,

 जनकपुरधाम, ३१ असोज । राजर्षि जनक पतंजली योग साधना केन्द्र, जनकपुरधाम–०८ ले भू–माफिया तथा गुठी संस्थान जनकपुरधामको मिलेमतोमा भइरहेको जग्गा कब्जाको विरोधमा आज व्यापक प्रदर्शन गरेको छ।

विरोध जुलुस ऐतिहासिक जानकी मन्दिरबाट सुरु भई गुठी संस्थानको जनकपुरधामस्थित कार्यालयमा पुगेर सम्पन्न भएको हो। प्रदर्शनका क्रममा सहभागीहरूले “भू–माफिया मुर्दाबाद”, “भ्रष्ट हाकिम मुर्दाबाद” लगायतका नाराबाजी गर्दै गुठी संस्थानका कर्मचारीहरूलाई कार्यालयबाट बाहिर निकाली कार्यालयमा ताल्चा समेत लगाएका थिए।

संस्थानविरुद्ध योग साधना केन्द्रले सात बुँदे मागसमेत राखेको छः
१. गुठी संस्थानले २०८२ असोज १२ गते गरेको जग्गा भाडा विज्ञापन रद्द/स्थगित गर्नुपर्ने।
२. गुठीको नाममा रहेको जनकपुरधाम–०८, सि.नं. १३५५–१७, कित्ता नं. ५८ क्षेत्रफल ०–७–० एकिन गर्नुपर्ने।
३. गुठी र राजर्षि पतंजली योग साधना केन्द्रबीच भएको सम्झौता नवीकरण गर्नुपर्ने।
४. कपालमोचनी सरको जग्गा एकिन गरी संरक्षण र सम्वर्द्धन गर्नुपर्ने।
५. जनकपुरधामका ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाको संवैधानिक अधिकारअनुसार संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने।
६. योग साधना केन्द्रहरूमा राज्यको लगानी सुनिश्चित गर्नुपर्ने।
७. योग केन्द्रहरूको संरक्षण तथा सम्वर्द्धनका लागि नीति निर्माण गर्नुपर्ने।

प्रदर्शनका क्रममा स्थानीय सर्वसाधारण र योग साधकहरू पनि सहभागी भएका थिए। उनीहरूले गुठी संस्थानको विवादास्पद कदमले जनकपुरधामको धार्मिक सम्पदामा खतरा पुगेको आरोप लगाएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार