लोक आवाज ,
महोत्तरी, २२ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–६ धवौलीमा वर्षाको पानीले भरिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार मृतक ११ वर्षीय सलमान साफी हुन्।
बुधबार दिउँसो वर्षाको पानीले भरिएको खाल्डोमा नुहाउने क्रममा उनी डुबेका थिए। स्थानीयवासीले उनलाई बेहोस अवस्थामा बाहिर निकालेका थिए, तर उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार वर्षा याममा सडक छेउका गहिरा पानीका खाल्डाहरू बालबालिकाका लागि जोखिमपूर्ण बन्दै गएका छन्। उनीहरूले सम्बन्धित निकायलाई सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्।




प्रतिक्रिया !