न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिँदै, मनसुन अझै केही दिन रहने

न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिँदै, मनसुन अझै केही दिन रहने

लोक आवाज ,
जनकपुरधाम , २० असोज । नेपालमा लगातार वर्षा गराउँदै आएको न्यूनचापीय मौसम प्रणाली देशबाट बाहिरिएको छ । प्रणाली बाहिरिएसँगै देशका अधिकांश स्थानमा मौसममा सुधार आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २० गते अपराह्नसम्म नदी आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम कायमै रहने उल्लेख गरिएको छ । सामान्यतया मनसुन १६ असोजमा नेपालबाट समाप्त हुने भए पनि यस वर्ष यसको बहिर्गमन केही ढिलो हुने विभागको पूर्वानुमान छ ।

कोशी प्रदेश र मधेसका केही जिल्लामा भने आइतबार पनि वर्षा जारी रहेको जनाइएको छ । सोमबारदेखि कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भए पनि समग्रमा मौसममा क्रमशः सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार