लोक आवाज,
बारा, असोज ६ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजबाट ठूलो परिमाणमा गाँजा ओसारपसार गरिरहेको मिनी ट्रक प्रहरीले पक्राउ गरेको छ।
शनिबार दिउँसो हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनी ट्रकमा गरिएको नियमित चेकजाँचमा छतमा त्रिपालले छोपिएको फल्स बटम भित्र लुकाइएको २८ पोका गाँजा फेला परेको थियो।
प्लास्टिक प्याकिङमा रहेको गाँजाको तौल करिब २३६ किलो ७५० ग्राम रहेको पुष्टि भएको छ। ट्रक चालक रमेश रुम्बा ३८ मकवानपुर कैलाश गाउँपालिका–१० का निवासीलाई नियन्त्रणमा लिएर बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय अमलेखगंजमा राखिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।




प्रतिक्रिया !