पर्सामा ठुलो मात्रामा लागूऔषध सहित १९ किलो चरेस फेला

पर्सामा ठुलो मात्रामा लागूऔषध सहित १९ किलो चरेस फेला

लोक आवाज,
पर्सा, असोज ६ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–७ जगतपुरबाट सशस्त्र प्रहरीले १९ किलो १२६ ग्राम चरेस बरामद गरेको छ।

सशस्त्र प्रहरी बल प्रसौनी भठ्ठाबाट खटिएको टोलीले स्थानीय बाख्रा पाल्ने छाप्रोभित्र कालो झोलामा लुकाइएको अवस्थामा लागूऔषध फेला पारेको हो। टोलीको नेतृत्व सहायक निरीक्षक चेतन बाह्रकोटीले गरेका थिए। बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी भइरहेको र थप अनुसन्धान जारी छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार