लोक आवाज,
जनकपुरधाम, असोज ६ । जनता समाजवादी पार्टी नेपाल जसपा ले संविधानमा आवश्यक संशोधन बिना जनजाती र जेन–जी समुदायका न्यायोचित माग सम्बोधन नहुने स्पष्ट पारेको छ।
असोज ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि जारी निर्णयमा जसपाले प्रतिनिधि सभा कायम राख्दै संविधानमै क्रान्तिकारी सुधार आवश्यक रहेको जनाएको छ। पार्टीले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना, समावेशिता र सामाजिक न्यायका विषयहरू ठोस संशोधनबिना समाधान नहुने ठहर गरेको छ।
जसपाले प्रतिनिधिसभा विघटनलाई संविधानको भावना विपरीत र जनताको अधिकारमाथि कुण्ठित कदम भनेको आरोप लगाएको छ। नयाँ निर्वाचनले परिवर्तनका एजेन्डालाई कमजोर पार्ने खतरा रहेको बताएको छ। सरकारमाथि आन्दोलन दमन र विदेशी नीति तथा आर्थिक हानिको गम्भीर आरोप लगाउँदै पार्टीले निष्पक्ष छानबिन, दोषी कारबाही र पीडितलाई क्षतिपूर्ति दिने माग पनि गरेको छ।




प्रतिक्रिया !