हेटौँडामा बस दुर्घटना, टायर फटेर ३१ जना घाइते, २ को अवस्था गम्भीर

हेटौँडामा बस दुर्घटना, टायर फटेर ३१ जना घाइते, २ को अवस्था गम्भीर

लोक आवाज,
हेटौडा, असोज ६ । मकवानपुरको हेटौँडामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा ३१ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर छ।

दुर्घटना पूर्व–पश्चिम राजमार्गको बस्तिपुरमा चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको यात्रुवाहक बसको टायर पड्किएपछि भएको हो। अनियन्त्रित बसले विपरीत दिशाबाट आउँदै गरेको मालवाहक ट्रक र त्यसपछि खाली तेल ट्याङ्करलाई ठक्कर दियो। तीन सवारी ठोक्किँदा बस र ट्रकमा सवारहरु घाइते भएका हुन्। गम्भीर घाइते दुई जनालाई चुरेहिल अस्पतालमा र अन्यलाई हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाले पूर्व–पश्चिम राजमार्ग केही समय अवरुद्ध भएको छ र प्रहरीले ट्राफिक व्यवस्थापनमा जुटेको छ। थप अनुसन्धान जारी छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार