बडादसैँ आजदेखि सुरु, देवीको पूजा–अर्चना घरघरमा

बडादसैँ आजदेखि सुरु, देवीको पूजा–अर्चना घरघरमा

लोक आवाज,
काठमाडौँ, असोज ६ । नेपाली हिन्दू समुदायको प्रमुख चाड बडादसैँ आजदेखि शुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व १५ दिनसम्म श्रद्धा र उल्लासका साथ मनाइन्छ।

पहिलो दिन घटस्थापना भनिन्छ, जसमा घरघरमा वैदिक विधिअनुसार देवी दुर्गाको पूजाआराधना गरिन्छ। बिहान नित्यकर्मपछि नदी वा पोखरीबाट ल्याएको माटोमा गाईको गोबर मिसाएर पूजा कोठा वा दसैं घर लिपपोत गरिन्छ। त्यसपछि त्यही ठाउँमा जौ रोपिन्छ, जसलाई जमरा भनिन्छ र यो देवी दुर्गाका लागि अत्यन्त प्रिय मानिन्छ। जमरा विजयादशमीको दिन टीकासँगै चढाइने र ग्रहण गरिने गरिन्छ।

धर्मशास्त्रअनुसार जमरामा केवल जौ रोप्नुपर्ने बताइन्छ, यद्यपि केही परिवारले परम्परागत रूपमा अन्य अन्न पनि राख्छन्। आयुर्वेदमा समेत जमरालाई औषधिको रूपमा प्रयोग गरिन्छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार