लोक आवाज,
सिरहा, असोज ४ । लहान नगरपालिका–२३, गाढा गाउँमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर जनता माध्यमिक विद्यालयका ३८ वर्षीय शिक्षक बीजेन्द्रकुमार सहनीको मृत्यु भएको छ।
आज बिहान खेतमा सिँचाइ गर्न विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा अचानक करेन्ट लाग्दा सहनी गम्भीर घाइते भएका थिए। स्थानीयले उनलाई तत्काल लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्याएपनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले करेन्ट लागेर गम्भीर घाइते भएका सहनीको मृत्यु भएको पुष्टि गरेका छन्। सहनी समाजसेवी र जिम्मेवार शिक्षकका रूपमा परिचित थिए, जसको असामयिक निधनले गाउँमा शोक छाएको छ।




प्रतिक्रिया !