मधेस प्रदेशसभाको बैठक असोज ७ गते दिउँसो १ बजे बस्ने निर्णय सर्वसम्मत

मधेस प्रदेशसभाको बैठक असोज ७ गते दिउँसो १ बजे बस्ने निर्णय सर्वसम्मत

लोक आवाज,
जनकपुरधाम, असोज ४ । केही समयदेखि स्थगित रहेको मधेस प्रदेशसभाको बैठक अब असोज ७ गते दिउँसो १ बजे बस्ने निश्चित भएको छ। शनिबार सभामुख रामचन्द्र मण्डलले आज सम्पन्न सर्वदलीय बैठकको निर्णयअनुसार बैठकको मिति तय गरिएको जानकारी दिए।

सभामुखका अनुसार, जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते प्रदेशसभा भवनमा भएको तोडफोड र आगजनीले संरचना ध्वस्त भए पनि प्रयोगयोग्य भागलाई अस्थायी रूपमा प्रयोग गरी सभा सञ्चालन गरिनेछ। जलेका संरचनाको पुनर्निर्माणका लागि प्रदेश सरकारसँग औपचारिक अनुरोध गर्ने निर्णय पनि सर्वदलीय बैठकले गरेको छ।

प्रदेशसभा लामो समयदेखि विपक्षी दलहरूको असहयोगका कारण स्थगित भएको थियो। जेन–जी आन्दोलनले भौतिक मात्र नभई राजनीतिक प्रक्रियामा पनि अनिश्चितता सिर्जना गरेको थियो। मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने अडान लिएपछि दलहरूबीच बैठकमा सहमति बनेको बताइएको छ। राजनीतिक दबाब र संविधान अनुसार प्रक्रिया अघि बढाउने आवश्यकताका कारण असोज ७ गते प्रदेशसभा बैठक बस्ने तयारी गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार