मधेस प्रदेशसभाका लागि भवन सरसफाई द्रुत गतिमा

मधेस प्रदेशसभाका लागि भवन सरसफाई द्रुत गतिमा

लोक आवाज,
जनकपुरधाम, असोज ४ । असोज ७ गतेका लागि मधेस प्रदेशसभाको बैठक तय भएपछि प्रदेशसभा भवनको सरसफाई र पुनः व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको छ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा भएका तोडफोड, आगजनी र लुटपाटले गम्भीर क्षति पुर्‍याएपछि त्यसको पुनर्निर्माणका लागि निरन्तर प्रयास भइरहेको छ। सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा सर्वदलीय नेताहरू, स्थानीय प्रशासन र सचिवालयका प्रतिनिधिहरूले प्रभावित बैठक कक्ष तथा कार्यालयहरूमा मर्मत तथा सरसफाईको काम तीव्र बनाएका छन्। प्रदेशसभा सचिवालयका अनुसार, हालैको व्यवस्थापन कार्यले प्रदेशसभाको पुनः सञ्चालनका लागि वातावरण तयार पार्न महत्वपूर्ण भूमिका खेलेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार