वीरगञ्जको बजेटमा फेरबदल, पुनर्निर्माण अगाडि

वीरगञ्जको बजेटमा फेरबदल, पुनर्निर्माण अगाडि

लोक आवाज,
पर्सा, असोज ४ । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजित बजेट संशोधन गर्दै पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ।

शनिबार सम्पन्न विशेष नगरसभाले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट भएको क्षतिलाई दृष्टिगत गर्दै करिब ३० करोड रुपैयाँ पुनर्निर्माणका लागि छुट्याउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

संशोधित बजेटबाट प्रशासनिक भवन निर्माण, सवारीसाधन र उपकरण खरिद, कार्यालय मर्मत, तथा बिजुलीबत्ती र सामग्री व्यवस्थापनमा खर्च गरिनेछ। साथै, प्रहरीको गोलीबाट ज्यान गुमाएका वडा नं। १२ का युवा असहाब आलमको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरिएको छ। महानगर प्रमुख राजेशमान सिंहले बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार पुनःस्थापना र संस्थागत सुदृढीकरणमा जोड दिइएको बताएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार