धनुषाबाट ८३५ किलो गाँजा सहित ठूलो लागूऔषध कारोबार नियन्त्रणमा

धनुषाबाट ८३५ किलो गाँजा सहित ठूलो लागूऔषध कारोबार नियन्त्रणमा

लोक आवाज,
जनकपुरधाम, असोज ३ । धनुषाको विदेह नगरपालिका–३, गोबराहीबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। बाँसघारी क्षेत्रको एक टहरोमा लुकाएर राखिएको ८३५ किलो गाँजा आज दिउँसो सशस्त्र प्रहरी बल, नेपाल नं। ८ गणका टोलीले फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं। २ छिन्नमस्ता बाहिनीको सूचनाका आधारमा प्रहरी निरीक्षक हेमन्त लिम्बुको नेतृत्वमा खटिएको २७ सदस्यीय टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एसएसपी अशोक बमले जानकारी दिएका छन्। बरामद गाँजा गोबराहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीमा रहेको टहरोमा लुकाइएको अवस्थामा भेटिएको थियो। प्रहरीले बरामद गाँजालाई थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ भने सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि अभियान तीव्र बनाएको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार