लोक आवाज,
काठमाडौँ, असोज ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लागेको गम्भीर चोटका कारण १२ टाँका लगाइएको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन्।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, देउवा हाल पनि सैनिक अस्पताल छाउनीमा उपचाररत छन् र चिकित्सकहरूले केही दिन थप अस्पतालमै राख्न सल्लाह दिएका छन्। देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवाको निवास बुढानीलकण्ठमा विरोध प्रदर्शनका क्रममा आक्रमण भएको थियो। त्यतिबेला देउवा दम्पत्तिलाई घरबाट निकालेर कुटपिट गरिएको र आगजनी गरिएको थियो।




प्रतिक्रिया !