“कुनै हालतमा पद नछोड्ने मधेसका मुख्यमन्त्री सिंहको स्पष्ट जवाफ”

“कुनै हालतमा पद नछोड्ने मधेसका मुख्यमन्त्री सिंहको स्पष्ट जवाफ”

लोक आवाज,
जनकपुरधाम, असोज ३ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संविधान दिवसको अवसरमा आफू कुनै पनि हालतमा पदत्याग नगर्ने दाबी गरेका छन्। मधेस भवनमा शुक्रबार आयोजित कार्यक्रममा उनले आफूलाई कसैले पनि दबाबमा राखेर राजीनामा गराउन नसक्ने बताए।

मुख्यमन्त्री सिंहले भने, “म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग छु। केही साथीहरूले चाहे पनि म राजीनामा दिन्नँ। संसदबाट विश्वासको मत नपाए मात्रै पद छोड्ने निर्णय लिन्छु।” भदौ २४ गतेको जेनजी आन्दोलनका बेला सामाजिक सञ्जालमार्फत राजीनामा दिने कुरा बोले पनि त्यो केवल आन्दोलनका क्रममा सम्पत्तिमा क्षति नहोस् भन्ने भावना रहेको उल्लेख गरे। साथै, सिंहले दुई दिनको आन्दोलनमा भएको भौतिक क्षति दस वर्षे माओवादी जनयुद्धको भन्दा बढी गम्भीर रहेको बताए र मधेसी जनतालाई संघीयता जोगाउन एकजुट हुन आह्वान गरे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार