महोत्तरीमा लागूऔषधसहित महिला पक्राउ

महोत्तरीमा लागूऔषधसहित महिला पक्राउ

लोक आवाज,
जनकपुरधाम, असोज ३ । महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट आज बिहान ४ ग्राम २०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित सिराहा घर भएकी जेनिस चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले सिराहाबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रुबाहक बसमा चौधरीलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार, घटनामा संलग्न अन्य व्यक्ति तथा लागूऔषध स्रोत पहिचान गर्न अनुसन्धान प्रक्रिया जारी छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरेर कानुनी कारबाही अघि बढाउने जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार